Loading...

भावना र सोचलाई सम्मान गर्ने पूरुषसंग विहे गर्छु : मिना ढकाल,

727

फागुन १० – मीना ढकाल हास्य कलाकार,मनोज गजुरेलकी पुर्व पत्नी हुन्। मन्त्र फेशन डिजाइन कलेक्शन नयाँ बानेश्वारमा संचालन गर्दै आएकी ढकाल गीत संगीतमा पनि उत्तिकै रुची राखेकी छिन् ।

वैवाहिक सम्बन्ध टुटेपछि उहाँका गीतले बजारमा चर्चा पाइरहेको आवस्थामा समाजिक संजालमा समेत टिका टिप्पणी भइरहेको छ। उनको समाजिक संजालमा समेत टिका टिप्पणी भएको कुरा लगायत अन्य विषयमा कमान्डर दैनिकका सम्वाददाताले गरेको कुराकानीको संक्षिप्त अशः

मिना ढकाल जी सन्चै हुनुहुन्छ ?

सन्चै छु, मन्त्र बुटिक कलेक्शन सञ्चालन गरी रहेकी छु । छोरी स्कुल जान्छ आउँछ,उसलाई सघाउदै कस्टमर सँग डिल गर्दै दिन बित्छ ।

व्यवासय तपाईको रुची कि बाध्यता ?

बुटिक मेरो रुची हो । मैले समय समयमा आफुले तयार पारिएका डिजाइनहरुको फेशन सो पनि गरेकी छु । फेशन प्रति युवा, युवतीको क्रेज बढेको छ । सचेत छन , दैनिक जीवन चलाउनको लागि पेश त गर्नु प¥यो नि ।

वैवाहिक सम्बन्ध टुटेपछि आफुलाई एक्लो महशुस हुदैन् ?

ठिक कुरा भन्नु भो । मेरो वैवाहिक जीवनको २२ वर्ष म सधै एक्ली थिए । आज पनि म एक्ली छु । श्रीमान नागरीकतामा उल्लेख भएर मात्र हुँदैन | श्रीमान र श्रीमतिका बीच न्युनतम हुनुपर्ने समझदारी,दायित्व घरायसी छलफल नभएपछि मान्छेलाई झन एक्लो बनाउदो रहेछ ।

तपाइका गीत,फेसबुक स्टाटसलाई लिएर सामाजिक संज्जालमा विभिन्न टिका टिप्पणी हुन्छ ,यसलाई के भन्नु हुन्छ?

हेर्नु होस , तपाइले मेरा गीतका कुरालाई लिएर भन्नु भएको हो भने, म गी गाउन मन पराउने केटी हु । सबैको स्वर , आवज नायरायण गोपाल जस्तो हुदैनन् । वैवाहिक जीवनमा कहिले गुनगुनाउन पाइन् । आज गुनगुनाउ मेरा साथीहरुले गाउनु पर्छ भन्नु भएको छ । कोेशिसमा छु ।मैले सोखलाई सफल, असफलताको रुपमा हेरिकी छैन |

पारिवारिक जीवन खास के कारणले टुट्छ ?

पारिवारिक जीवनको मुख्य पाटो भनेको श्रीमान र श्रीमतिको विश्वास हो । जब लोग्ने मान्छेका पुरुष भन्दा पुरुषत्व. सोच बढ्छ । अनि पारिवारिक जीवन संकटमा आउन थाल्छ ।

सम्बन्ध विच्छेद पछि बढि खुसी देखिनु हुन्छ हो ?

सम्बन्ध विच्छेद अगाडी पछाडी घटनाले मान्छेलाई … नरमाइलो त बनाउ छ नै, तर मेरो केही सोख,….पुरा गर्न र म पनि केही गर्न सक्छु भन्ने हिम्मत दुःखलाई खुसीले चिर्न सक्नु पर्दछ ।

अब फेी पुनः वैवाहिक सम्बन्धमा बाँधिनु हुन्छ की ?

अहिले यस्तो साचेको छैन्। नानीको पढाई सिद्धिएपछि मेरो पेशा, भावना, सोच लाई सम्मान गर्न सक्ने पूरुष मिलेछ भने विवाह गर्न पनि सकिन्छ ।

राजनितीमा कतिको चासो छ ?

मेरा माइती काँग्रेस, घर तिर एमाले हुनुहुन्छ । राजनिति गर्न …….सोच छ । राजनिती मंहगो हुदैँ गएको छ ।

source : ramosamachar




Leave a Reply

Your email address will not be published. Required fields are marked *