Loading...

नयाँ एप्स, थर्डह्वील नेपाल डाउनलोड गरि अब घरमै आफ्नो सवारि मर्मत गर्नुहोस

197

बैशाख ५, काठमान्डौ- इम्प्याक्ट आईटी प्रा. लि. ले आफ्नो नव प्रवर्तनात्मक मोबाइल एप्स, थर्डह्वील नेपाल,नेपाली बजारमा ल्याएको छ । नेपाल पनि बिज्ञान र प्रविधी सँगै अघि बढिरहेको छ, उत्साहप्रद अनि नौला उत्पादनहरुले नेपाली जिवन सरल र सहज पार्ने काम गरिरहेको छ । यस्तै उत्पादन मध्ये एउटा फरक तर बहुउपयोगी एप्स हो, थर्डह्वील नेपाल।

थर्डह्वील अर्थात तेश्रो चक्का, दुई-पांग्रे सवारी साधन प्रयोग गर्ने नेपालीहरुका लागि यो मोबाइल एप्स एउटा बरदान सावित हुने अनुमान गरिएको छ । मध्यम बर्गिय आर्थिक स्तर भएका अधिकांश नेपालीहरु दुई-पाँग्रे सवारी साधनमा निर्भर रहेका छन् ।

Image result for thirdwheelnepal

साथै यदि उक्त दुइ पांग्रे सवारी बिग्रिएमा  यसको मर्मत-संभार लगायत आकस्मिक कार्य तथा डोर्याएर बनाउने ठाँउ सम्म लिएर जाँदा धेरै समय अनि मेहनत खर्च हुने गर्दछ।

समय मुल्यवान छ र सवारी साधनको मर्मत-संभार लगायतका अनुत्पादक कुराहरुमा समय खर्च गरिरहनु नपरोस भन्ने हिसाबले इम्प्याक्ट आईटी प्रा. लि. ले यो मोबाइल एप्स थर्डह्वील नेपालको निर्माण गरेको हो ।

यसले साँच्चीकै प्रयोगकर्ताहरु लाई तेश्रो चक्काको सहारा दिने उद्देश्य लिएको कम्पनिले जनाएको छ ।

कतै जाँदा बाटामै दुई-पांग्रे सवारी,स्कुटर अथवा बाइक बिग्रियो र डोर्याउदै बनाउने ठाँउसम्म लिएर जान पर्ने भयो अथवा  गुणस्तर यूक्त मर्मत अनि पार्ट-पूर्जाका लागि समेत थर्डह्वील नेपालको सहारा लिन सकिन्छ ।

उक्त मोबाइल एप्स थर्डव्हील नेपाललाई नि:शुल्क डाउनलोड गरेर यसको प्रयोग गर्न  सकिन्छ । यसको प्रयोग गर्नको लागि सामान्य रुपमा यो एप्समा आफ्नो जानकारी अनि सवारी साधनको विवरणहरु दर्ता गराउनुपर्छ यसपछि आवश्यक परेको बेलामा थर्डव्हील नेपाल एप्सको प्रयोग गरेर यसबाट आवश्यक सेवा लिन सकिन्छ ।

सर्भिसिगं या बाइकको अन्य केही मर्मत गर्नु परेमा अथवा कतै जाँदा बाटोमै सवारी साधन बिग्रिएमा कार्यालय वा घरबाटै अथवा सोहि स्थानबाटै थर्डव्हील नेपाल मार्फत बाइकलाई मर्मतका लागि पठाउन सकिनेछ  ।

कम्पनिले सवारी प्रयोगकर्ताहरुलाई समयमा गुणस्तरिय सेवा प्रदान गर्नु नै आफ्नो लक्ष्य रहेको र स्मार्ट सिटी निर्माणको लागि पनि यो सेवाले थप मद्दत पुर्याउने समेत जनाएको छ ।

साभार गरिएको




Leave a Reply

Your email address will not be published. Required fields are marked *