Loading...

किरण गुरुङ र पृथ्वीसुब्बा गुरुङले मालिकको नुनको सोझो गर्दा उत्पीडित जातिलाई घात भयो : भट्टराई,

2480

असार २२ काठमाडौं – पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले चार नम्बर प्रदेशको नाम गण्डकी राखिएकोमा आपत्ति जनाउनु भएको छ ।

पूर्व प्रधानमन्त्री भट्टराईले ट्वीट गर्दै नेपाल कम्युनिष्ट पार्टीका नेता किरण गुरुङहरुले मालिकको नुनको सोझो गरेको आरोप लगाउनु भएको छ । भट्टराईले नेकपाले उत्पीडित जाति तथा राष्ट्रियतालाई धोका दिएको आरोप समेत लगाउनु भएको छ । प्रदेशको नाम गण्डकी राख्दा ‘गण्डकी अञ्चल’ कै ह्वास्स गन्ध आएको बताउँदै उहाँले यस्तो बेला दीपावली गर्न लगाउनु विडम्वना भएको बताउनु भएको छ ।

 

Baburam Bhattarai

पंचायतका बालाराम घर्तीमगरहरूको बिडो थाम्दै नेकपाका किरण गुरूंगहरूले मालिकको नूनको सोझो गर्दै आफ्नै उत्पीडित जाति/राष्ट्रियतालाई धोका दिनु र उल्टै ‘गण्डकी अंचल’को ह्वास्स गन्ध कायम गरेकोमा सोझा जनतालाई दीपावली गर्नलगाउनु कत्रो विडम्बना!यस्ता पाखण्डी सजातीयहरूबाट जनता कहिले मुक्त?

४ नम्बर प्रदेशको नाम गण्डकी घोषणा

प्रदेशसभामा रहेका ५९ जना सांसदमध्ये ५४ जनाले गण्डकी नाम राख्ने मत दिएका थिए । नयाँ शक्तिका दुई जना सांसदले विपक्षमा मत दिए । नयाँ शक्तिले प्रदेश चारको नाम ‘तमुवान–मगराँत’ वा ‘गण्डकी–तमुवान’ राख्नुपर्ने बताउँदै आएको थियो ।

त्यसैगरी जनमोर्चाका सांसद टेकबहादुर घर्ती संसदमा अनुपस्थित रहनुभयो भने नेकपाका सांसद तथा सभामुख नेत्रनाथ अधिकारी पनि अनुपस्थित रहनुभयो । प्रदेश सभामुख अधिकारी केही समय अघिदेखि विरामी भई उपचाररत हुनुहुन्छ । यस प्रदेशमा कूल ६० जना प्रदेश सांसद रहेका भए पनि स्वतन्त्रबाट निर्वाचित मनाङका दीपक मनाङ्गे संसदमा हुनुहुन्न ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *