Loading...

एप्पलमा सामान होइन, स्टिभ जब्सको ‘सपना’ उत्पादन हुन्छ, विश्वको धनि कम्पनि बन्नुमा यस्ता छन् आधार,

2327

एजेन्सी साउन २०,

बिहीबार न्युयोर्कमा शेयर बजार बन्द हुँदा एप्पलको शेयर मूल्य २.९ प्रतिशतले बृद्धि हुँदै २ सय ९ अमेरिकी डलर पुगेका थियो। जसले एप्पलको बजार मूल्य दश खर्ब २ अर्ब अमेरिकी डलर पुर्‍यायो।

स्थापनाको छाटो समयमै एप्पल एउटा विश्वकै सफल कम्पनीको रुपमा दर्ज भएको छ। यो सफलता हात पार्न एप्पलले के गर्‍यो? यहाँ यस्ता पाँच पक्ष उजागर गर्ने प्रयास गरिएको छ जसले एप्पलको सफलताको कारण खुलाउनेछः

१. स्टीभ जब्स: आफैँमा ब्राण्ड
स्टीभ जब्सको पहिचान एप्पल कम्पनीको सह–संस्थापकको रुपमा मात्र सीमित छैन। उनी टेक्नोलोजी दुनियाँका सर्वाधिक चर्चित व्यक्तित्व समेत हुन्। उनले एप्पलको रणनीतिलाई प्रविधि क्रान्तिको हिस्सा नै बनाए। उनको नेतृत्वमा एप्पलले विश्वभरका मानिससम्म पहुँच पुर्‍यायो चाहे त्यो आईप्याड होस् अथवा आइपोड। एप्पलका उत्पादनसँगै चर्चाको शिखरमा सिइओ स्टीभ जब्स रहे। स्टीभ जब्सले सन् १९७६ मा स्टीभ वोज्नियकसँग मिलेर एप्पल कम्पनीको स्थापना गरेका थिए। त्यो समयदेखि नै क्यालिफोर्नियास्थित एप्पल संसारकै उत्कृष्ट ग्याजेट उत्पादक कम्पनी बनेको छ। सन् १९८० मा एप्पलमा शेयर हाल्न चाहनेको घुँइचो लाग्यो। त्यसअघि सन् १९५६ मा फोर्ड कम्पनीमा एप्पलकै जसरी शेयर हाल्नेको ताँती लागेको बताइन्छ। १९८५ मा एप्पलको कार्यकारी प्रमुख जोन स्कलीसँग स्टीभ जब्सको विवाद भयो।

समस्याग्रस्त एप्पललार्इ नयाँ उचार्इ दिने स्टिभ जब्स

जसले गर्दा जब्सले कम्पनी छाडे। त्यसपछि एप्पल घाटामा गाये। १२ वर्षसम्म एप्पल घाटामा चलेपछि सन् १९९७ मा स्टीभ जब्स पुनः एप्पलमा फर्किए। त्यसपछि उनले कम्पनीमा नयाँ उत्पादनका लागि परियोजना डिजाइन गरे। त्यसको नाम थियो ‘थिंक डिफ्रेन्ट’ अर्थात ‘केही नयाँ सोचौं।’ यो प्रोजेक्टको मुख्य उद्देश्य एप्पल कम्पनी र त्यसका उत्पादनलाई प्रवद्र्धन गर्नुथियो। यसले गर्दा एप्पल कम्पनीका कर्मचारीहरुको मनोबल बढेको धेरैको बुझाइ छ। एप्पललाई पुनःजीवन दिने सेतू त्यो प्रोजेक्ट बन्यो।

सन् २०११ मा स्टीभ जब्सको निधन भयो। उनको निधनपछि तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले संसारले एक दुरदर्शी व्यक्ति गुमाएको बताए। केही विज्ञहरुले एप्पल कम्पनी पहिलेजस्तै नुहने समेत अनुमान लगाए।

२. आइफोन: डिजिटल क्रान्ति
सन् २००७ मा एप्पलले आइफोन विश्वबजारमा ल्याएको थियो। वर्तमान मोबाइल सञ्चारमा आइफोनको प्रभाव यतिबेला बेजोड र निर्विवाद छ। कम्पनीकाअनुसार आइफोन ल्याएको पहिलो वर्ष १ करोड ४० लाख थान बिक्री भएको थियो। नोकिया र ब्ल्याकबेरी विश्व बजारमा हाबी रहेको अवस्थामा एप्पलले आईफोन ल्याएको थियो। जसले आइफोनलाई चुनौती थपेको थियो। तर चाँडै आइफोनले नोकिया र ब्ल्याकबेरीलाई प्रतिस्पर्धामा पाखा लगायो।

अाइफाेन एक्स

यसै वर्षको मे महिनामा आएको प्रतिवेदनअनुसार, यदि दुनियाँमा सबैभन्दा ठूलो स्मार्टफोन निर्माताको कुरा गर्ने हो भने, दक्षिण कोरियाली कम्पनी सामसङ र चीनको कम्पनी हुवावेपछि एप्पल तेस्रो स्थानमा छ। तर आज पनि आइफोन विश्वभर मजबुत रुपमा माग भएको फोन मानिन्छ। एप्पलले गतवर्ष विश्वभर २१ दशमलब ६ करोड आइफोन बिक्री गरेको थियो। आइफोन त्यस्तो उत्पादन हो जसले कम्पनीको करिब ५६ प्रतिशत भन्दाबढीको राजस्व संकलन गर्दछ। एप्पलको भविष्य सुरक्षित गर्नका लागि आइफोन नै महत्वपूर्ण र सर्वोत्तम उत्पादन मानिएको छ।

३. एप्पलकाे सेवा र ब्राण्डमा भराेस

एप्पलको सेवाबारे कुरा गर्दा आइट्यून वा एप्पल म्युजिक, एप्पल एप स्टोर, आइक्लाउड वा एप्पल प्ले यसमा समावेश छन्। यी सेवाहरु एप्पलको फाइदाका मुख्य हिस्सा हुन्। सन् २०१८ को अप्रिलदेखि जुन महिनासम्ममा एप्पलबाट प्रदान गरिएको सेवाबाट कम्पनीलाई ३१ प्रतिशत फाइदा पुगेको छ। ‘आइफोन एप्पलको पहिचान हो भने उसलाई एप्पलका सेवाहरुले सहयोग गर्दछ’, विज्ञहरुको भनाइ छ, ‘एप्पल म्युजिकले उपभोक्तालाई ब्राण्डप्रति वफादारी बढाउन समेत मद्दत गरिरहेको छ।’

ग्राहाकले यदि आइफोन किनेर चलाए, त्यसपछि उनीहरुलाई मन पर्‍यो भने त्यसले कम्पनीको अन्य उत्पादन आइप्याड, म्याक बुक र आइवाचजस्ता ग्याजेटको बिक्रीमा समेत टेवा पुर्‍याउनेछ। विश्व बजारलाई विश्लेषण गर्ने ब्राण्ड म्याटर्स कम्पनीका प्रबन्ध निर्देशक पल नेल्सन भन्छन्, ‘आइफोनको अर्थ रणनीति निकै बलियो छ। जसले कम्पनीका सबै उत्पादन खरिद गर्न मद्दत गरिरहेको छ। आइफाेन उपभोक्ताको मन जित्न सफल छ’, उनी भन्छन्, ‘बलियो ब्राण्डसँग यस्ता ग्राहाक हुन्छन्, जो बजारमा आएका नयाँ ग्याजेटप्रति रुचि राख्दैनन्। एप्पलसँग त्यही तागत छ। तथ्यांकले भन्छ एप्पलसँग बफादार ग्राहाक छन्।’

४.चीन र विकास
विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन बजार चीनबिना एप्पलको सफलता कल्पना गर्न सकिँदैन। एप्पलले गर्ने फाइदाको लगभग एच चौथाई हिस्सा चीनबाट आउँछ। यसबाहेक एप्पलले आफ्नो अधिकांश आइफोनको निर्माण दक्षिण चीनको सेन्जेन शहरमा गर्दै आएको छ। कम्पनीले मार्च २०१६ देखि जुलाई २०१८ को बीचमा चीनबाट आउने राजस्वमा भारी गिरावट खपे पनि चीनको अवस्था सुध्रिदै गएको एप्पलको भनाइ छ। जानकारहरु भन्छन्, ‘चीनका मध्यम वर्गीय मानिसहरु आइफोनलाई धेरै मन पराउँछन्। मध्यमवर्गीय परिवारमा आइफोन हुनु, इज्जत र प्रतिष्ठाको विषय बन्ने गरेको छ। त्यसैले सस्तो घरेलु ब्राण्डको प्रतिस्पर्धाको बाबजुद पनि एप्पल चीनमा आफ्नो स्थिति सुधार गर्न सफल भएको छ।’

एप्पलले प्रगति ग्राफमा:

 

एप्पलकाे प्रगति ग्राफ

एप्पलकाे प्रगति ग्राफ

५. ब्राण्डको रुपमा एप्पल
फोब्र्सको कुनै पनि कम्पनीको वित्तीय कारोबार हेरेर त्यस कम्पनीको ब्राण्ड मूल्य तय हुन्छ। फोर्ब्सकाअनुसार पछिल्लो ८ वर्षमा एप्पलले आफूलाई सबैभन्दा मूल्यवान ब्राण्डको रुपमा स्थापित गराएको छ। यो वर्षको सूचीका अनुसार, एप्पलको मूल्य १ सय ८२ अरब अमेरिकी डलर रहेको छ। यसरी हेर्दा एप्पलको मूल्य एक समयको विश्व उत्कृष्ट कम्पनी कोकाकोलाभन्दा ३ गुणाले धेरै छ। २१ औं शताब्दीको सुरुवातभन्दा अगाडि कोकाकोला ब्राण्डबिना कुनै बजारको कल्पना गर्न सकिँदैन थियो।

यतिबेला एप्पलबिना पनि विश्वबजारको कल्पना गर्न सकिँदैन। कोकाकोला र एप्पलबारे अर्थ विश्लेषकहरुको तर्क फरक छन्। तर एउटा पक्षमा सबै सहमत छन्, कोकाकोलाभन्दा एप्पल सक्षम छ। एप्पल आफूलाई समयसापेक्ष ढाल्न सक्ने कम्पनी भएको उनीहरुको बुझाइ छ। ‘एप्पलले जहिल्यै मानिसलाई आफ्नो परिस्थितिमा ढाल्न सक्छ। मानिसलाई आफूतिर तान्नु नै एप्पलको मुख्य तागत हो। एप्पल मान्छे अनुकूल पनि छ। यो एप्पलको पहिचान हो। एप्पल विश्व इतिहासमै १० खर्ब कमाउने पहिलो कम्पनी बन्नमा यिनै कारणहरुले भूमिका खेलेका छन्’, ब्राण्ड म्याटर्स कम्पनीका सदस्य पल नेल्सन भन्छन्, ‘आफ्नो व्यापार मोडलमा ग्राहाकलाई बाँधी राख्न उसले धेरै बाधा खडा गरिदिएको छ। यही वातावरणको नाम हो– एप्पल।’  (बीबीसीबाट अनुवाद)

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *