Loading...

कप्तान पारस खड्का १६ रन बनाएर आउट,

323

१४ भदौ, काठमाडौं । एसिया कप छनोट क्रिकेट प्रतियोगितामा युएईले दिएको २५५ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको नेपालले दोस्रो विकेट गुमाएको छ ।

नेपालका कप्तान पारस खड्का १६ रन बनाएर आउट भए । उनले ९ ओभरको पहिलो र दोस्रो बलमा लगातार चौका प्रहार गरेपनि तेस्रो बलमा भने आउट हुन पुगे ।
अहिले नेपालले ९ ओभरको समाप्तिमा २ विकेट गुमाएर ३३ रन बनाएको छ । यसअघि नेपालले पहिलो ओभरमा नै उपकप्तान ज्ञानेन्द्र मल्ललाई ४ रनमा गुमाएको थियो । कप्तान पारस र ज्ञानेन्द्र आउट भएपछि नेपाल दबाबमा आएको छ ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनाएको थियो ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा युएईले उत्कृष्ट सुरुअात गरेको थियो । युएईका लागि चिराग सुरीले ६५, एड्नान मुफ्तीले अविजित ५७, अश्फाक अहमदले ४५ र र रमिज शाहजादले ३६ रन बनाए ।

सन्दीपले पूरै १० ओभर बलिङ गर्दै २ ओभर मेडन राख्दै २४ रन खर्चेर ४ विकेट लिन सफल भए । त्यस्तै, नेपालका लागि बसन्त रेग्मी र सोमपाल कामीले समान २-२ विकेट लिए । बसन्तले १० ओभर बलिङ गर्दै ४९ रन खर्चेर २ विकेट लिए । सोमपालले १० ओभर बलिङ गर्दै ५८ रन खर्चेर २ विकेट लिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *