Loading...

नेपालको तेस्रो विकेटको रुपमा सागर पुन पनि आउट,

407

१४ भदौ, काठमाडौं । एसिया कप छनोट क्रिकेट प्रतियोगितामा युएईले दिएको २५५ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको नेपालले लगातार विकेट गुमाएको छ ।

नेपालले तेस्रो विकेटको रुपमा सागर पुनलाई ३ रनमा गुमाएको हो । १६ ओभरको खेल चलिरहंदा नेपालले ३ विकेटको क्षतिमा ४३ रन बनाएको छ ।

यसअघि कप्तान पारस खड्का १६ रन बनाएर आउट भएका थिए भने पहिलो ओभरमै उपकप्तान ज्ञानेन्द्र मल्ललाई ४ रनमा आउट भएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनाएको थियो ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा युएईले उत्कृष्ट सुरुवात गरेको थियो । युएईका लागि चिराग सुरीले ६५, एड्नान मुफ्तीले अविजित ५७, अश्फाक अहमदले ४५ र र रमिज शाहजादले ३६ रन बनाए ।

सन्दीपले पूरै १० ओभर बलिङ गर्दै २ ओभर मेडन राख्दै २४ रन खर्चेर ४ विकेट लिन सफल भए । त्यस्तै, नेपालका लागि बसन्त रेग्मी र सोमपाल कामीले समान २-२ विकेट लिए । बसन्तले १० ओभर बलिङ गर्दै ४९ रन खर्चेर २ विकेट लिए । सोमपालले १० ओभर बलिङ गर्दै ५८ रन खर्चेर २ विकेट लिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *