Loading...

५० रनमै नेपालको पाँचौ विकेट गुम्यो,

297

भदौ १९ – ठूलो अन्तरमा जितको लक्ष्यसहित मैदानमा ब्याटिङ गर्न आएको नेपालले पाँचौ विकेट गुमाएको छ।

पाँचौं विकेटका रूपमा दिपेन्द्र सिंह ऐरीलाई गुमाएको ऐरीले ६ बल खेल्दै २ रन बनाएर आउट भए।

यसअघि उपकप्तान ज्ञानेन्द्र मल्लले १२, अनिलकुमार साहलाई १५ रनमा गुमाएको थियो। यसअघि कप्तान पारस खड्का १४ तथा सुबास खकुरेल शून्यमा आउट भएका थिए।

यो सँगै नेपालले २० ओभरको खेलमा ५ विकेट गुमाएर ५५ रन बनाएर खेलिरहेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *