Loading...

एक बर्षसम्म स्मार्टफोन बिना बस्नेलाई एक एक करोड पुरस्कार

327

पुस १ – के तपाई बिना स्मार्टफोन एक दिन मात्र पनि बस्न सक्नुहुन्छ? सायद सक्नुहुन्न होला । यहाँ एक दुई दिन, हप्ता वा महिना नभई पूरै एक बर्ष बिना फोन बस्नुपर्ने शर्त रहेको छ । यस क्रममा स्मार्टफोन छुन पनि पाइदैन ।

 

यदि तपाई यो चुनौतीलाई स्वीकार गर्नुहुन्छ भने  करिब एक करोड १५ लाखको पुरस्कार जित्न सक्नुहुनेछ ।

केबल भनेको भरमा मात्र हुदैन पूरै एक बर्षभरी चुनौतीको सामना गर्नुपर्ने हुन्छ । एक बर्ष पूरा भएपछि प्रतियोगितामा भाग लिने व्यक्तिको लाई–डिटेक्टर टेस्ट पनि गरिन्छ । यि सबै प्रक्रिया पूरा गरिसकेपछि मात्र पुरस्कार दिइनेछ ।

खबरका अनुसार एउटा निजी कम्पनी भिटामिनवाटरको तर्फबाट यो प्रतियोगिता आयोजना भइरहेको छ ।

प्रतियोगिताको नियमका अनुसार यसमा शामिल हुने प्रतियोगीले ३६५ दिन बिना स्मार्टफोन बस्नुपर्ने हुन्छ । ८ जनवरीसम्म प्रतियोगितामा भाग लिन सकिनेछ । एजेन्सी




Leave a Reply

Your email address will not be published. Required fields are marked *