Loading...

नेपाल आइडल सिजन टु को विजेता रवी ओड

280

पुस ६ – नेपाल आइडल सिजन टु को विजेता रवी ओढ बनेको छ l

आज काठमाण्डौको इन्जीनियर क्याम्पस प्राङ्गणमा आयोजित फाइनल कार्यक्रम बाट ओढ लाई विजेता घोषणा गरेको छ l

यस्तै विक्राम बराल फस्ट रनर अप भएका छन् भने सुमित पाठक दोस्रो संस्करणको नेपाल आइडलमा सेकेण्ड रनर अप भएका छन् । उनीहरुले क्रमशः २० लाख र १२ लाख बराबरको चेक पाएका छन् ।

त्यसैगरी दोस्रो संस्करणको नेपाल आइडलमा अस्मिता अधिकारी थर्ड रनर अफ भएकी छन् । उनले होन्डाको तर्फबाट स्कुटर पनि प्राप्त गरेकी छन् ।

अन्नपूर्ण नेटर्वकका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, म्यानेजिङ डाइरेक्टर लक्ष्मी पौडेल, अन्नपूर्ण मिडिया नेटर्वकका ग्रुप सम्पादक विजयकुमार पाण्डे, नेपाल आइडलका निर्देशक सुरेश पौडेललगायतले  उनीहरुलाई पुरस्कार वितरण गरेका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *