Loading...

समर लभको ट्रेलर सार्वजानिक (भिडियो सहित)

254

पुस २४ काठमाडौं । माघ २५ गते (फेब्रुअरी १४) बाट अर्थात भ्यालेन्टाइन डेको अवसर पारेर रिलिज हुने सुविन भट्टराईको चर्चित उपन्यास बाट निर्मित ‘समर लभ’को ट्रेलर सार्वजनिक गरिएको छ ।

सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी निर्माण टिमले सिनेमाको ट्रेलर सार्वजनिक गरेको हो । सिनेमा ‘समर लभ’ सुबिन भट्टराईद्वारा लिखित उपन्यास ‘समर लभ’ मा आधारित रहेर निर्माण गरिएको हो ।

सार्वजनिक ट्रेलरमा अतीत र सायाको माया प्रेम, रोमान्स र विछोडको कथा देखाइएको छ । यो सिनेमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले संयुक्त रुपमा निर्माण गरेका हुन् । सिनेमाका कार्यकारी निर्माता विनोद अधिकारी हुन् ।

यसअघि सफल सिनेमा ‘नाइँ नभन्नू ल ३’ निर्देशन गरेका निर्देशक मुस्कान ढकालको निर्देशनमा बनेको यस सिनेमामा चर्चित उपन्यास ‘समर लभ’का लेखक सुबिन भट्टराईको कथा, सामिप्यराज तिमिल्सेना र सुबिन भट्टराईको पटकथा तथा संवाद, पुष्पन प्रधानको संगीत तथा स्वर रहेको छ ।

सिनेमामा कविराज गहतराजको कोरियोग्राफी, मानकृष्ण महर्जनको छायाँकन, अर्जुन जिसीको सम्पादन रहेको छ ।

हेर्नुस् ट्रेलर :




Leave a Reply

Your email address will not be published. Required fields are marked *