Loading...

राजतन्त्र को वकालत गरे कमल थापालाई निवास बाटै अपहरण गर्ने आङकाजि शेर्पाको चेतावनी

738

माघ ४ हेटौडा – नेपाल आदीवासी जनजाती महासंघ का पुर्व महासचिव आङ काजि  शेर्पाले राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले नेपालमा निरंग्कुश राजतन्त्र र एकल हिन्दुराज्य स्थापना गर्ने कुरा गरे निजि निवास बाटै अपहरण गर्ने चेतावनी दिएका छन् l

नेवाःताम्सालिङ समन्वय समिति मकवानपुरले आज हेटौँडामा गरेको ३ नम्वर प्रदेशलाई नेवा ताम्सालिंग नामकरण गराउन आयोजित नागरिक दवाव सभामा बोल्दै शेर्पाले कमल थापालाई नेवाः ताम्सालिङ राज्यको पहिलो कैदि बनाउने घोषणा समेत गरे ।

उनले भने “यो भूमिमा हामीले ताम्सालिंग र नेवा मागी राख्दा खेरि अहिले पनि मरेको  राजतन्त्रलाई ब्यूताएर ज्ञानेन्द्रलाई अगाडी लगाएर उसका हड्डी खाएर धर्मनिरपेक्षताको विरुद्दमा विभिन्न विषबमन गर्ने कमल थापा भन्ने यहि भुगोलमा छ l मैले कमल थापा बारम्बार चेतवानी दिदै आएको छु यो बिभिन्न जाति धर्म समुदाय बस्ने मुलुकमा अहिले पनि हिन्दु अधिराज्य को कुरा र राजतन्त्र ब्यूताउने कुरा गरेउ  भने तिमि लाई ताम्सालिंग र नेवा प्रदेशको जेलको पहिलो कैदी बनाउन आङ काजि शेर्पा आफै हत्कडी लिएर तिम्रो निवासमा आउनेछ l ”

थापा विरुद्ध निकै आक्रमक देखिएका शेर्पाले कुनैपनि हालतमा ३ नम्वर प्रदेशको नाम नेवाःताम्सालिङ हुनुपर्नेमा जोड दिए । सबै पार्टीको आदिवासी जनजाती नेताहरु एक भएमात्र पहिचान को मुद्धाहरु स्थापित हुने उनले बताए । आफु शेर्पा प्रदेशको स्वघोषित मुख्यमन्त्री भएको भन्दै उनले आवश्यक परे नेवाःताम्सालिङमा पनि स्वघोषँणा गर्नुपर्ने बताए ।

कार्यक्रममा सवै राजनीतिक दलका आदिवासी तथा गैर आदिवासी नेताहरुको सहभागिता र नागरिक हरुको बाक्लो उपस्थिति रहेका थिए l

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *