Loading...

संघिय समाजवादी फोरम (नेफेसो) कोरियाको तेस्रो महाधिवेशन फेब्रुअरी ५ मा हुने

213

माघ १९ दक्षीण कोरिया  – संघिय समाजवादी फोरम नेपाल को प्रवास समिति (नेफेसो) दक्षिण कोरियाको तेस्रो महाधिवेशन यहि फेब्रुअरी ५ तारिकका दिन हुने भएको छ l

100 जुन्यन खिन्यमग्वान सउलसि (नेपाल आइडलको कन्सर्ट हुने हल) नजिकै कार्यक्रम हुन लागेको वर्तमान अध्यक्ष महेन्द्र राईले वताएका छन् l

पार्टीको केन्द्रीय उपमहासचिव प्रकाश अधिकारि को प्रमुख आतिथ्य र प्रतिनिधि सभा सदस्य मा प्रदिप यादव को विशेष आतिथ्य मा हुन लागेको महाधिवेशन सभ्य र भब्य हुनेमा आफुहरु विश्वस्त भएको अध्यक्ष राईले वताएका छन् l

नेफेसो कोरियाका प्रवक्ता पासाङ्ग नुर्वु शेर्पा ले भने सबैमा पत्राचार गरि सकिएको भएता पनि केही प्राविधिक कारण ले प्राप्त नभएमा यसै सूचना लाई आधार मानि कोरिया वासी सम्पुर्ण नेपाली दिदिबहिनी तथा दाजुभाइ हरुलाई उपस्थिति भै दिनको लागि अनुरोध गरेकाछन।

संघिय फोरम को अहिले सम्म २१ ओटा देशहरुमा प्रवास संगठन निर्माण भएर तेस्रो चौथो महाधिवेशन सम्म भैसकेको छ l आफुहरु को प्रवास संगठन अन्य पार्टीहरु को भन्दा मजवुद र शक्तिशाली भएको फोरमका नेताहरु वताउने गरेका छन् l




Leave a Reply

Your email address will not be published. Required fields are marked *