Loading...

मेलिना राई र निनामहाङ राईको ‘जाली रुमाल’ म्युजिक भिडियो सार्वजानिक (भिडियो सहित)

535

माघ २२ काठमाडौं – लोकप्रिय गायिका मेलिना राई र नव गायक निनामहाङ राईको स्वरमा रहेको ‘जाली रुमाल’ बोलको म्युजिक भिडियो सार्वजानिक भएको छ l

सोमबार हाइलाइट्स नेपाल युट्युव च्यानल बाट सार्वजानिक गरिएको गित को शब्द संगीत टम्पशेर राई रहेका छन् भने अरेन्ज अमोस तामांग को रहेका छ l

पूर्वेली लोकलय तथा मिक्स नम्वर रहेको म्युजिक भिडियो मा केकी अधिकारी र रवी सिंह को फिचरिंग राम्रै गरि जमेको देख्न सकिन्छ l

ललितपुर को गोदावरी आसपास मा निर्माण गरिएको म्युजिक भिडियो निकै नै आकर्षक बनेको पाउन सकिन्छ l उक्त भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् l

बजारमा आएको हरेक गीतले चर्चा कमाईरहने मेलिना राईको स्वर र नव गायक निनामहाङ राईको तालमेल जाली रुमालमा राम्रै गरि मिलेको गायक सन्तोष दुमीले वताएका छन् l त्यसै गरि गायक निनामहाङ को गायकीमा पहिलो गित भन्दा दोस्रो गीतमा निखार आएको नेपालि तारा फर्स्ट रनरअप देवेश राई को भनाई छ l

‘सकिना त्यो पलको यादहरु छेक्न’ नामक म्युजिक भिडियो ल्याईसकेका गायक निनामहाङ को यो म्युजिक भिडियो ले नेपालि सांगीतिक बजारमा राम्रो चर्चा बटुल्ने गीतकार टम्पशेर राईले वताएका छन् l

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *