Loading...

पहिचानको आन्दोलन दयामायाको बिषय हैन अधिकारको बिषय हो : हेमराज राई

313

फागुन ५ काठमाण्डौ – संघिय समाजवादी फोरम नेपालका उपाध्यक्ष हेमराज राईले पहिचान को आन्दोलन कसैको दयामाया को बिसय नभई अधिकार र समानताको बिषय भएको वताएका छन् l

शनिवार नेपाल ल क्याम्पसमा समाजवादी विद्द्यार्थी फोरम नेपाल प्रदेश नम्वर ३ द्वारा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष राईले उक्त कुरा बताएका हुन् l सत्ताले पहिचान को मुद्दालाई दयामाया र हलुका  बिसय बनाउन खोजेको छ जुन शासक भनौदा समुहहरुको लागि भोलि चुनौती र खतराको बिसय बन्ने उनको दावी छ l

पहिचान  समावेशी जस्ता मुद्दालाई लिएर शासकहरुले उत्पीडित समुदायाक्ला अमुक पात्रहरुलाई मन्त्रि सांसद बनाई दयामाया गरेको देखिन्छ जुन गलत र भ्रमपूर्ण खेल हो यसले अधिकार र पहिचान को लडाइमा माक्खो नमार्ने उनको जिकिर छ l

पुर्व मन्त्रि समेत रहेका राई ले भने नेपालमा अहिले पनि राजनीतिक क्रान्ति वा राजनैतिक संक्रमण को अन्त्य भएको छैन आर्थिक रुपमा हेर्ने हो भने वर्गीय विभेद झन् बढ्दै गएको छ जातीय विभेद, सास्कृतिक विभेद, भाषिक विभेद, क्षेत्रीय विभेद, लैंग्गिक विभेद जस्ता असमानता विसको उन्नाई भएको छैन l तर पुराना दल नेकपा र कांग्रेसले राजनीतिक क्रान्ति सक्यो आर्थिक समृद्धि को महेन्द्रीय नारा लगाएर जनता माथि भ्रम सिर्जना गरेको उनको आरोप छ l

अर्को सन्दर्भमा बोल्दै नेता राईले भने निर्मला पन्त हत्या काण्ड वाइडवडी काण्ड सुन काण्ड जस्ता गैर संवैधानिक विषयमा सरकारले ठोस काम गर्न नसकेको देखिन्छ बहुमत प्राप्त सरकारले चाहनु हो भने सवै किसिमको कामकारवाही गर्न सक्छ तर सरकार को नेतृत्व कर्ता दल संग त्यो चाहना नभएको बुझिन्छ l

संविधान विभेदकारी चरित्र को भएको कारण संशोधन मार्फत सच्याएर अगाडी बढ्ने नेकपा र आफुहरु विच लिखित सहमति भएर फोरम पार्टी सरकारमा सहभागी भएको तर प्रम ओलीले अहिले उति चासो नदेखाएको बुझिन्छ नेकपाको यस्तै रवैया भए आफुहरु सरकारमा बस्ने नबस्ने बिसयमा सोच्न सकिने उनले वताएका छन् l

कार्यक्रममा फोरमका केन्द्रीय सदस्य लिला सिटौलाले हिन्दु समाजमा महिलालाई अझै पनि वस्तु जस्तो गरि कन्या दान गर्ने प्रचलनको बिरोध गरेका थिए भने समाजवादी विद्द्यार्थी फोरमका केन्द्रीय अध्यक्ष बिबेक राईले स्ववियु निर्वाचन को बिसयमा बोलेका थिए l

त्यसै गरि कार्यक्रममा संगठनका केन्द्रीय प्रशिक्षण बिभाग प्रमुख प्रकाश चामलिंग लगायतका केन्द्रीय नेताहरुले आफ्नो धारणा राखेका थिए भने कार्यक्रमको अध्यक्षता अशोक राईले गरेका थिए l




Leave a Reply

Your email address will not be published. Required fields are marked *