Loading...

समाजवादी विद्द्यार्थि फोरमले मनाए आफ्नो तेस्रो वार्षिक उत्सव

180

फागुन १२ काठमाण्डौ – संघिय समाजवादी फोरम नेपालका जनवर्गीय संगठन समाजवादी विद्द्यार्थी फोरम नेपालले आफ्नो तेस्रो वार्षिक उत्सव बिभिन्न कार्यक्रम गरियो मनाएको छ l

आज फागुन १२ गते विद्द्यार्थी फोरम ले केन्द्रीय कार्यालयमा दिप प्रज्वलन तथा पुर्व विद्द्यार्थी नेता सहिद रमेश महतो को तस्विर राखेर उहाको सम्झनामा तेस्रो वार्षिक उत्सव मनाएको संगठन का केन्द्रीय नेता प्रकाश चामलिंग राईले वताएका छन् l

वार्षिकीको संघारमा देशै भरका जिल्ला प्रदेश समितिहरुले बिभिन्न कार्यक्रम गरिरहेको नेता राईले वताए l वार्षिक उत्सव लाई आगामी वर्षहरुमा भब्य र रचनात्मक बनाउदै लाने केन्द्रीय अध्यक्ष बिबेक राईले वताएका छन् l

वार्षिक उत्सव कार्यक्रममा बोल्दै अध्यक्ष राईले भने यो वार्षिक उत्सव ले हामीलाई नया उर्जा पैदा भएको छ हामि अहिले मुलुकको तेस्रो बैकल्पिक बिद्द्यार्थी संगठन भएका छौ अव को अर्को वार्षिक उत्सव सम्म आइपुग्दा पहिलो नभए दोस्रो ठुलो संगठन बन्ने पक्का हो उनले भने अवको स्ववियु निर्वाचन प्रणाली जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक समावेशी चरित्रको हुनु पर्छ भिसी र हामि ले पहिले नै यो बिसयमा एउटा सहमति गरेका छौ र त्यो सहमतिको जगमा टेकेर अब स्ववियु चुनाव गराउनु पर्छ l

 

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *