Loading...

मुख्यमन्त्री ज्यु पहिचानको पक्षमा राम भएर उभिनु होस् म हनुमान भएर साथ् दिन्छु : किराती

4282

फागुन १८ धरान, झिल खिम्बुले – प्रतिनिधि सभाका सदस्य माननीय सुदन किरातीले एक नम्वर प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई पहिचान का पक्षमा राम भएर उभिन आग्रह गरेका छन् l

सुनसरीको धरानमा जारि किरात राई यायोक्खाको १० औ रास्ट्रीय महाधिवेशन मा बोल्दै सांसद किरातीले उक्त कुरा वताएका हुन् l

कार्यक्रममा बोल्दै उनले भने “मुख्यमन्त्री ज्यु एक पटक राम भएर तपाई पहिचान को बाण उचाल्नुहोस एक चोटी यलम्वर राम प्रसाद राई जीवि याख्थुम्बा लाई सम्झिनुहोस मरेर गएका सहिदहरुलाई सम्झिनुहोस सक्नुहुन्छ भने सुम्निमा र पारुहांग लाई सम्झिनुहोस संगै त्यहाँ माथि रहेको बुढासुब्बा लाई सम्झिदा पनि हुन्छ दरो संगले उभिएर पहिचानको  बाण उचाल्नुहोस सभामुख भण्डारी तिर देखाउदै उनले भने तपाइकै छेउमा लक्ष्मण हुनुहुन्छ सभामुख महोदय उहाले लक्ष्मण को भूमिका निर्वाह गर्नुहुने छ l हामि संग योग्यता त छैन र त्यो स्थान पनि छैन तर हनुमान बनेर हामि पनि उभ्ने छौ” l

तपाई नडराउनुहोस इतिहासले तपाईलाई म्यान्डेट दिई सकेको छ मैले बुझेको छु मुख्यमन्त्री र सभामुख हाम्रै भावनाको प्रतिनिधित्व गरिरहनु भएको छ यदि उहाहरुले गर्दा गर्दै कतै बाट आकाशबाणी भएर हाम्रो चाहना विपरित यहाको ऐतिहासिक तथ्य र गौरव को विपरित निर्णय गरिन्छ भने हामि मरेर गई सके पछी पनि हामि पछाडिको पुस्तालाई चिहान बाट जवाफ दिनु पर्ने छ त्यस कारण यहाको जनताको चाहना भावना अनुरुप निर्णय गर्नु पर्ने सांसद किरातीले वताए l

आज बाट सुरु भएको किरात राई यायोक्खाको १० औ रास्ट्रीय महाधिवेशन ले प्रदेश नम्वर एक लाई किरात नामकरण गरिनु पर्ने माग राखेको छ l




Leave a Reply

Your email address will not be published. Required fields are marked *