Loading...

मुख्यमन्त्री ज्यू यलम्वर जस्तो हुनेकी बाचेर पनि मरे तुल्य जीवन ब्यतित गर्ने – गोविन्द छन्त्याल

1091

फागुन १८ धरान, झिल खिम्बुले – नेपाल आदिवासी जनजाति महासंघ का केन्द्रीय उपाध्यक्ष गोविन्द छन्त्यालले एक नम्वर प्रदेश लाई किरात नामकरण गर्नु पर्ने वताएका छन् l

आज धरानमा आयोजित किरात राई यायोक्खाको १० औ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका प्रदेश एकका मुख्यमन्त्री शेरधन राईलाई प्रश्न गर्दै भने मुख्यमन्त्री ज्यु तपाई एउटा किरातीको सन्तान हुदै गर्दा एक नम्वर प्रदेशलाई किरात नामकरण गरेर यलम्वर को जस्तो स्वर्णिम इतिहास लेखाउनु चाहनु हुन्छ वा अन्य पहिचान बिरोधि कित्तामा उभिएर आफ्नो समुदाय को नजरमा बाचेर पनि मरे तुल्य जीवन व्यतित गर्न चाहनु हुन्छ ?  हाम्रो प्रश्न यो हो l

उनले भने हिजो हामि माग्ने ठाउमा हुदा सवैलाई माग्यौ तर आज मुख्यमन्त्री ज्यु तपाई दिने ठाउमा हुनुहुन्छ तसर्थ तपाइले किरातीहरु को ऐतिहासिक सभ्यता का आधारमा एक नम्वर प्रदेशलाई किरात नामकरण गर्दिनु भयो भने यसको संदेश विश्वभर जाने छ र संघिय लोकतान्त्रिक गणतन्त्रमा उत्पीडित जाति समुदायले न्यायको अनुभूति गर्न पाउने छ l

यायोक्खाले यस पटकको अधिवेशनलाई किरात प्रदेश नामाकरणको आन्दोलनसँग जोडेको छ ।
उसले सभ्यता, इतिहास र भूगोलका हिसाबमा प्रदेश नं १ लाई किरात प्रदेश नामाकरण गर्नुपर्ने भन्दै आन्दोलन र दबाब दिदै आएको छ ।

यायोक्खाको अधिवेशन आगामी फागुन २० गतेसम्म हुनेछ ।

 

मुख्यमन्त्री ज्यु पहिचानको पक्षमा राम भएर उभिनु होस् म हनुमान भएर साथ् दिन्छु : किराती

प्रतिनिधि सभाका सदस्य माननीय सुदन किरातीले एक नम्वर प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई पहिचान का पक्षमा राम भएर उभिन आग्रह गरेका छन् l

सुनसरीको धरानमा जारि किरात राई यायोक्खाको १० औ रास्ट्रीय महाधिवेशन मा बोल्दै सांसद किरातीले उक्त कुरा वताएका हुन् l

कार्यक्रममा बोल्दै उनले भने “मुख्यमन्त्री ज्यु एक पटक राम भएर तपाई पहिचान को बाण उचाल्नुहोस एक चोटी यलम्वर राम प्रसाद राई जीवि याख्थुम्बा लाई सम्झिनुहोस मरेर गएका सहिदहरुलाई सम्झिनुहोस सक्नुहुन्छ भने सुम्निमा र पारुहांग लाई सम्झिनुहोस संगै त्यहाँ माथि रहेको बुढासुब्बा लाई सम्झिदा पनि हुन्छ दरो संगले उभिएर पहिचानको  बाण उचाल्नुहोस सभामुख भण्डारी तिर देखाउदै उनले भने तपाइकै छेउमा लक्ष्मण हुनुहुन्छ सभामुख महोदय उहाले लक्ष्मण को भूमिका निर्वाह गर्नुहुने छ l हामि संग योग्यता त छैन र त्यो स्थान पनि छैन तर हनुमान बनेर हामि पनि उभ्ने छौ” l

तपाई नडराउनुहोस इतिहासले तपाईलाई म्यान्डेट दिई सकेको छ मैले बुझेको छु मुख्यमन्त्री र सभामुख हाम्रै भावनाको प्रतिनिधित्व गरिरहनु भएको छ यदि उहाहरुले गर्दा गर्दै कतै बाट आकाशबाणी भएर हाम्रो चाहना विपरित यहाको ऐतिहासिक तथ्य र गौरव को विपरित निर्णय गरिन्छ भने हामि मरेर गई सके पछी पनि हामि पछाडिको पुस्तालाई चिहान बाट जवाफ दिनु पर्ने छ त्यस कारण यहाको जनताको चाहना भावना अनुरुप निर्णय गर्नु पर्ने सांसद किरातीले वताए l




Leave a Reply

Your email address will not be published. Required fields are marked *