Loading...

थारु समुदायको मुद्दालाई चुट्किला नठान्न प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी,

208

२६ फागुन, कैलाली । टीकापुर घटनामा तीन वर्षको जेल सजाय भोगेर छुटेका थरुहट नेता लक्ष्मण थारुले थारु समुदायहरुको पहिचान र अधिकारको मुद्दालाई काल्पनिक र चुट्किला नठान्न चेतावनी दिएका छन् l ‘सिंहदरबारलाई उखेलेर फाल्ने शक्ति थारु समुदायसँग छ’, उनले भने, ‘वगतमा भएको सम्झौताप्रति गम्भीर बन्न सरकारलाई आग्रह गर्दछु ।’

आइतबार धनगढी आइपुगेका नेता थारुले रेशम चौधरीसहित ११ जनालाई छुटाउन पुनरावेदन गर्ने बताए । ‘उच्च न्यायालयले हाम्रो राजनीतिक भविष्य अनिश्चित गर्न सक्दैन भन्ने विश्वास छ’ धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘न्यायमूर्तिले बाँकी साथीहरुलाई न्याय गर्नेछन् ।’

अदालतको फैसलाले आफू र उत्पीडित थारु समुदाय लाई स्तब्ध बनाएको उनले बताएका छन् ।

जिल्ला अदालत कैलालीले बुधबार रेमश चौधरीसहित ११ जनालाई जन्मकैद र थारुसहित १२ जनालाई ३ वर्ष जेल सजाय सुनाएको थियो । तीन वर्ष जेल सजाय भोगिसकेका कारण थारु बुधबार नै सेन्ट्रल जेलबाट छुटेका हुन् ।

राजनीतिक नेतृत्वले गर्न नसकेको साहस न्यायाधीश परशुराम भट्टराई गरेको उनको टिप्पणी थियो । ‘राजनीतिक नेतृत्वले टीकापुर घटना के हो ? र थारु समुदायको मुद्दा के हो ? त्यो बुझ्ने प्रयास पनि गरेन’, थारुको गुनासो छ ।

प्रदेशको सीमांकन स्वीकार्य नभए को भन्दै उनले अब फेरि शान्तिपूर्ण आन्दोलन थालिने बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *