Loading...

संघिय फोरम भोजपुर नगरपालिका वडा नम्वर ५ को अध्यक्षमा नगेन्द्र राई

328

फागुन २६ भोजपुर – संघिय समाजवादी फोरम नेपाल भोजपुर नगरपालिका वडा नम्वर ५ को अध्यक्षमा नगेन्द्र राई निर्वाचित भएका छन् l

आइतावार बोखिम पान्धारामा  आयोजित वडा अधिवेशन बाट राई लाई अध्यक्षमा सर्वसहमत चयन गरिएको समाजवादी विद्द्यार्थी फोरम भोजपुर जिल्ला अध्यक्ष सुजन भण्डारीले बताएका छन् l

अधिवेशन बाट १५ सदस्य नया कार्य समिति निर्माण गरिएको भण्डारीले तिब्र समाचारलाई बताएका छन् l

नया कार्य समितिको सचिवमा सुमन राई सहसचिवमा कविराज राई र कोषाध्यक्षमा निर्मला राई निर्वाचित भएका छन् l

भोजपुर जिल्ला इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य गोपाल राईको प्रमुख आतिथ्यमा तथा केन्द्रीय सदस्य राम सिङ राईको विशेष आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो भने पार्टीका प्रदेश सदस्य मिना राई जिल्ला कोषाध्यक्ष मात्रिका राई अर्जुन राई रविन काजि राई सुजन भण्डारी लगायतका नेताहरुको समेत कार्यक्रममा सहभागिता रहेका थिए l

संघिय फोरमले यति वेला संगठन विस्तार लाई आफ्नो प्रमुख एजेन्डा बनाएर पार्टी कमिटि लागि परेको छ l

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *