Loading...

खोटाङमा तरुण दलका जिल्ला नेता र नेकपाका पुर्व गाविस अध्यक्ष संघिय फोरममा प्रवेश

407

खोटाङ, २६ फागुन । नेपाली कांग्रेसका भातृ संगठन  नेपाल तरुण दल खोटाङका जिल्ला सदस्य रविन्द्रकुमार बजिमय र नेकपाका पुर्व गाविस अध्यक्ष अंचल कुमार राई संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।

आइतावार पार्टी प्रवेश कार्यक्रम को आयोजना गरि उनीहरु दुवै नेतालाई पार्टी प्रवेश गराइएको  समाजवादी विद्द्यार्थी फोरमका केन्द्रीय प्रशिक्षण विभाग प्रमुख प्रकाश चामलिंग राईले वताएका छन् l

नव प्रवेशी बजिमय र राई दुवै नेताहरु स्थानीय भूगोलमा राम्रो छवी निर्माण गरेर स्थापित युवा नेता भएको नेता चामलिंगले वताए l

संघीय फोरम खोटाङ जिल्ला अध्यक्ष नविन राई, नगर अध्यक्ष तथा वडा नं ५ का वडाअध्यक्ष निर्मल राई प्रकाश चामलिंग लगायतले बजिमय र राईलाई पार्टीमा प्रवेश गराएका हुन् ।

त्यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर अधिवेशन यही चैत २ गते शहरी विकास मन्त्रि मोहम्मद इस्त्याक राईको प्रमुख आतिथ्यमा सम्पन्न गर्न लागिएको नगर संयोजक तथा निर्वाचित वडा अध्यक्ष निर्मल राईले वताएका छन् l

नगर अधिवेशन भव्य रुपमा सम्पन्न गर्न का लागि आफुहरु अहोरात्र लागि परेको वडा अध्यक्ष राईले वताए उनले भने ” नगरपालिका को अधिवेशन मा अन्य दलको भन्दा भव्य र सहभागिता को हिसावले ४०० जना बढी जनमानस उतारेर खुल्ला सत्र कार्यक्रम आयोजना गर्न लागेका छौ जसको लागि हामीले प्रचारप्रसार लाई व्यापकता दिएका छौ l

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *