Loading...

संघीय फोरम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अध्यक्षमा निर्मल राई

272

खोटाङ, ३ चैत । संघीय समाजवादी फोरम नेपाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अध्यक्षमा निर्मल राई सर्वसहमत निर्वाचित  भएका छन् ।

शनिबार सम्पन्न प्रथम नगर अधिवेशनबाट निर्मल राईको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा गठन गरिएको हो ।

राई वडा नं ५ का वडा अध्यक्ष (जनप्रतिनिधि) समेत हुन् ।

समितिको उपाध्यक्षमा प्रतिमा तामाङ, सचिवमा मुगाधन राई, सहसचिवमा रविन्द्रकुमार बजिमय र कोषाध्यक्षमा अञ्जना राई छन् ।

पार्टीको प्रदेश नं १ अध्यक्ष भुपेन्द्र नेम्बांग ले शनिबार नगर अधिवेशनको उद्घाटन गरेका थिए ।

जसमा पार्टीका केन्द्रीय सदस्य लिला सिटौला, सनबहादुर राई, देवराज राई, पार्टीका सामाजिक विभाग सदस्य तथा समाजसेवी राकेश राई, खोटाङ जिल्ला अध्यक्ष नविन राई, समाजवादी विद्यार्थी फोरमका केन्द्रीय अध्यक्ष विवेक राईलगायत नेताहरु थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *