Loading...

यायोक्खामा राजनीतिकरण बन्द गर भन्दै अध्यक्ष दिवस राईलाई इलाममा कालो झण्डा !

183

इलाम जेठ १६ – किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईलाई इलाममा कालो झण्डा देखाइएको छ ।
यायोक्खा इलाम जिल्लाको नवौं अधिवेशनको उद्घाटनसत्रको प्रमुख अतिथि भएका उनलाई एक समूहले विरोध गर्दै कालो झण्डा देखाएको हो ।


तर उनीहरु को हुन् भन्ने खुल्न बाँकी छ ।

उनिहरुले दिवस राई मुर्दाबाद, किरात राई यायोक्खाको अध्यक्षबाट राजिनामा दे , किरात राई बिधार्थि सघंको समस्या समाधान गर,किरात राई समुदायमा राजनितिकरण बन्द गर, सुमुदायलाई बिभाजन गर्न पाईदैन लगायतका नारा लगाएका थिए। कार्यक्रमको उद्घाटन लगतै ती समूहले कालो झन्डा देखाउदै नाराबाजी सुरु गरेका हुन। माझ किरातको खोटाङमा भरखरै सम्पन्न भएको किरात राई बिधार्थी सघंको नवौ रास्टिय सम्मेलनमा अधक्ष राईले आफ्नो पदको दुरुपयोग गरि राजनितिकरण गर्दै आफ्नो पार्टी निकटका कार्यकर्ताहरुलाई मात्र सघंठनमा अटाउने गरि जबर्जस्ती निर्बाचन गराए पछि एतिखेर किरात राई समुदाय बिभाजित जस्तै बनेको छ।

अध्यक्ष राईले खोटाङमा भएको किरात राई बिधार्थी सघंको सम्मेलनमा  आफू अनुकुल बिधान र बन्द सत्रमा नियम बनाई जबरजस्ती निर्बाचनमा लगेर समुदायलाई बिभाजन गरेको आरोप लाग्ने गरेको छ। अध्यक्ष राई नेकपा निकट हुन।




Leave a Reply

Your email address will not be published. Required fields are marked *