Loading...

मातृ भाषालाई प्रहरी चौकीमा बोल्न निषेध गर्दा विद्द्यार्थी नेता र प्रहरी विच घम्साघम्सी

452

जेठ २५ काठमाण्डौ – नेपालको संविधान २०७२ को धारा ६ अनुसार नेपाल  देश भित्र बोलिने सवै मातृ भाषाहरु रास्ट्रीय भाषा हुने उल्लेख गरीए को छ l

तर संविधान र कानुन लाई लागु गराउने निकाय नेपाल प्रहरी ले आज संविधान को भावना विपरित मातृ भाषालाई निषेध गरेको छ l

नेपाल प्रहरीको चक्रपथ विभागमा आफ्नो आफन्त लाई भेट्न पुगेको किशोर राई सहितको टोलीले हिरासतमा रहेको व्यक्ति संग आफ्नो राई भाषामा कुरा गर्दा ड्युटीमा रहेको प्रहरीले  मात्री भाषामा कुरा गर्न पाइदैन भन्दै अभिव्यक्ति दिए पछी युवाहरु आक्रोशित भएका थिए l

समाजवादी पार्टीका विद्द्यार्थी संगठन समाजवादी विद्द्यार्थी फोरम नेपालका सचिवालय सदस्य प्रकाश चामलिंग राई अशोक राई सहित उपस्थित भेटघाटमा उक्त अभिव्यक्ति प्रहरी प्रशासन बाट नै आए पछी केहि छिन् प्रहरी र विद्द्यार्थी नेताहरु विच ठेला ठेला र घम्साघम्सी भएको  थियो  l

नेता चामलिंग सहित १२ जना भन्दा बढी विद्द्यार्थी नेताहरु सहभागी भएको भेटघाट मा प्रहरीले संविधान को मर्म भावना बिरुद्द चरित्र देखाएको  भन्दै ड्युटीमा खटिएको प्रहरीलाई कानुन बमोजिम कारवाही हुनु पर्ने माग राख्दै इन्स्पेक्टर राज तामांग संग माग गरेको छ l

दोहोरो घम्साघम्सी पछी हिरासतमा रहेको नविन राई लाई पुन आफन्त संग सामान्य ढंगले भेटघाट गराउने सहमति भएको थियो भने ड्युटीमा खटिएको प्रहरीले आफुले गरेको गन्ति बाट माफी मागेको थियो भने आगामी दिनमा त्यस्तो कहिले नगर्ने प्रतिबद्दता समेत गरेको छ l

राज्यको अंगहरुमा संरचनागत विभेद जातीय भाषिक सास्कृतिक आर्थिक विभेद को एउटा नमुना आजको घटना भएको विद्द्यार्थी नेता प्रकाश चामलिंग ले वताए उनले भने आजको घटना शासकीय चरित्र र नश्लीय प्रवृति को पराकास्ठ हो l

 

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *