Loading...

समाजवादी पार्टी नेपाल नगर अध्यक्षमा निर्मल राई

278

खोटाङ । समाजवादी पार्टी नेपाल दिक्तेल रुपाकोट मझुवागढी नगर अध्यक्षमा निर्मल राई चयन भएका छन् ।

शुक्रबार दिक्तेलमा आयोजित तत्कालिन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी समायोजन कार्यक्रमपछि राईको अध्यक्षतामा ५१ सदस्यीय नयाँ समिति गठन गरिएको हो ।

राई तत्कालिन संघीय समाजवादी फोरमको पनि नगर अध्यक्ष थिए । उनी वडा नं ५ का अध्यक्ष समेत हुन् ।

समितिको उपाध्यक्षमा  कृष्ण थापा र प्रतिमा तामाङ छन् । सचिवमा मुगाधन राई र विरेन्द्र दर्नाल, सहसचिवमा रबिन्द्र बजिमय र सविन राई र कोषाध्यक्षमा अञ्जना राई चयन भएकी छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरको समायोजन समारोहमा समाजवादी पार्टीका केन्द्रीय सदस्य सनबहादुर राई, सुर्य राई, प्रदेश नं १ समितिका सदस्य मोहन गुरुङ, समायोजन तथा वार्ता संवाद समितिका संयोजक केशव कार्की, समाजवादी पार्टी खोटाङका तत्कालिन अध्यक्ष टंक थापा, नयाँ शक्तिका खोटाङका तत्कालिन संयोजक मणि राई लगायत नेताहरुको सहभागिता थियो ।

तत्कालिन संघीय समाजवादी फोरम र नयाँ शक्तिबिच गत वैशाख २३ गते पार्टी एकता भएको हो । एकतापछि हाल दुवै पार्टीको तल्लो तहको संगठनहरुको समायोजन भइरहेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *