Loading...

ज्ञानेन्द्र शाही थारु र जनजातिविरोधी

302

काठमाडौं, ३१ जेठ । युट्युव मा भाइरल  ज्ञानेन्द्र शाहीको  नेता आङकाजी शेर्पा सहित आदिवासी जनजाति समुदायले  बिरोध गरेका छन् ।

भ्रष्टाचार विरोधी अभियान्ताको छबि बनाएका शाही आदिवासी जनजाति विरोधी भएको भन्दै शेर्पाले उनको बिरोध गरेका हुन् ।

शाहीले कैलाली टीकापुर घटनामा मृत्यु भएका प्रहरीहरु वीर र उत्कृष्ट भनेका थिए ।

सोहि बिषयलाई उठान गर्दै शेर्पाले फेसबुकमा लेखेका छन्, ‘कैलालीमा थारुहरुको आन्दोलनमाथि दमन गर्ने थारुहरुसँगको भिडन्तमा मरेका प्रहरीहरु वीर उत्कृष्ट हुन् रे, त्यसोभए प्रहरी र सेनाकाे गोली लागेर मरेका थारुहरु कायर हुन् त ?’

शाहीले उत्पीडनमा परेका आदिवासी थाहरुको भावनामा चोट पुर्याउने काम गरेको र उनी पनि अन्ततः आदिवासी विरोधी रहेकोले थारुहरुले शाहीलाई कारवाही गर्नुपर्ने बताएका छन् ।

शेर्पाले विवेकशील साझा पार्टीका नेता रविन्द्र मिश्र पनि नश्लवादी पत्रकार थिए भनेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *